TodayPati

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको प्रदेश अध्यक्षमा महतो

टुडेपाटी-
जनकपुरधाम।,चैत २० गते ।

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन, मधेश प्रदेशको प्रथम अधिवेशनबाट भोला महतोलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका उप(महासचिव गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमममा महतो सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी संगठनको उपाध्यक्षमा जयनारायण यादव, रामबीर ठाकुर र महिला उपाध्यक्षमा रोशनी घिमिरेलाई चयन गरिएको छ ।
संगठनको सचिव महेन्द्र साह, सहसचिव अमन शर्मा, कोषाध्यक्षमा गयाप्रसाद चौधरी, सह(कोषाध्यक्षमा बिनोद सिंहलाई सर्वसम्मत चयन गरिएको छ । येसैगरी सदस्यहरुमा जगतनारायण सिंह, चुल्हाई राउत कुर्मी, बैधनाथ साह, सुदिक्षा कोइराला, धीरेन्द्र पासमान, नीर बहादुर स्यांगतान, उदय साह, सुनिल कुमार यादव, कौशिला चौधरी, बिनोद साह, किशोरी साहलाई चयन गरिएको छ ।

Sponsored

नवनिर्वाचित अध्यक्ष महतोले अधिवेशनबाट प्रदेश समिति चयन गर्न सहज र सकारात्मक भुमिका निर्वाह गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *