‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा सम्पन्न
टुडेपाटी-
जनकपुरधाम, चैत १९ गते ।
काठमाडौंको वर्ल्ड स्कुलको बृहत शैक्षिक कार्यक्रम सम्पन्न भएको छ ।
‘राम्रो भविष्यका लागि शिक्षा’ मूल नाराका साथ ‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा बृहत शैक्षिक कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशसभा सदस्य रामअशिष यादवले पूरानो शिक्षा नियमावलीका कारण सामुदायिक विद्यालयहरूको शिक्षास्तर कमजोर भइरहेको टिप्पणी गरे ।
पर्यावरण अभियन्तासमेत रहेका प्रदेशसभा सदस्य यादवले सामुदायिक विद्यालयहरूलाई पालिकाको जिम्मा लगाँउदा उच्च शिक्षा हासिल गरेका शिक्षकलाई पनि केही अनपठ जनप्रतिनिधिले सम्मान नगर्दा शिक्षकहरूको मनोवल घट्दै गएको बताए ।
उनले भने, ‘शिक्षा बिना समृद्विको कल्पना समेत गर्न सकिंदैन । निजी विद्यालयहरूले पनि शिक्षालाई व्यसाय मात्र बनाउनु हुँदैन् । गरिब र जेहेन्दार बिद्यार्थीका लागि सेवाको रुपमा चित्रण गर्न सक्नुपर्दछ ।’
कार्यक्रममा विद्यालयका सञ्चालक ई.डा.मिथिलेशकुमार झाले कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास तथा प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने मान्यताका साथ वर्ल्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाई अगाडि बढाउँदै आएको बताए ।
Sponsored
शिक्षामा देशको लगानि विदेश पलायन भइरहेको देखेर आफुहरूले गुणस्तरीय शिक्षा विदेश भन्दा पनि देशमै दिन सक्ने वातावरणका लागि विद्यालय निर्माण गरेको डा. झाले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशर बहादुर दुलालले आफ्नो अनुभव आदानप्रदान गर्नुका साथै वर्ल्ड स्कुलमा हुने पढाई र विद्यार्थीले अहिलेसम्म गरेको प्रगतिबारे जानकारी दिएका थिए । काठमाडौं वर्ल्ड स्कुलले यसअघि कोशी प्रदेशको धरान, विर्तामोड़, इटहरी लगायतका स्थानहरूमा पनि कार्यक्रम सम्पन्न गरिसकेको छ ।