बारा- २ सहित तीन क्षेत्रमा उप निर्वाचनका लागि आज उम्मेदवारी दर्ता
टुडेपाटी-
जनकपुरधाम, चैत २० गते ।
आगामी वैशाख १० गते तीनवटा क्षेत्रमा हुने प्रतिनिधिसभाको उप निर्वाचनका लागि आज मनोनायन दर्ता हुँदै छ । रिक्त बारा क्षेत्र नं. २, तनहुँ–१ र चितवन–२ मा उप निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न लागिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ ।