TodayPati

गौशालामा पाँच दिने आधारभूत पत्रकारिता तालिम सुरु

टुडेपाटी-
गौशाला, चैत १७ गते ।

उच्च शिक्षामा अध्ययनरत्त विद्यार्थीहरुलाई लक्षित गर्दै महोत्तरीको गौशालामा आधारभुत पत्रकारिता तालिम शुरु भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच ५ दिवसीय पत्रकारिता तालिम शुभारम्भ भएको हो ।

प्रवीणता प्रमाणपत्र तह उतिर्ण वा सो सरहका ५० जना प्रशिक्षार्थी सहभागी रहेको कार्यक्रमको गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले उद्घाटन गरेका छन् । पित्त पत्रकारिताले जो कोहीको पनि चरित्रहत्या हुने भएकोले पत्रकारिता गर्ने क्रममा समयानुकुल प्रशिक्षणको आश्यकता रहेको मेयर महतोले जोड दिए ।

Sponsored

समय समयमा यस्ता प्रशिक्षणले संचारकर्मीहरुलाई मनोवल बढ्नुको साथै कार्यसम्पादन गर्नका लागि सुलभ हुने उनले विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले पत्रकारिता पेशा आफैमा सम्मानित पेशा रहेकोले यसमा आवद्ध हुनेले पेशालाई बदनाम हुने किसिमको कुनै पनि कार्य नगर्नुपर्ने धाराण राखे ।

कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ महोत्तरीका उपाध्यक्ष सुनिता महतो, वडाअध्यक्षहरु लगायतले पत्रकारिता क्षेत्रको सम्बन्धमा चर्चा परिचर्चा गरेका थिए । प्रशिक्षकद्वय सोभिता रिसाल र गीता चिमोरियाले प्रशिक्षण दिइरहेका छन् । रुपान्तरण सहयोगी नेपाल गौशालाको आयोजना र गौशाला नगरपालिकाको आर्थिक सहयोगमा संचालित सो आधारभुत पत्रकारिता तालिम पाँच दिनसम्म जारी रहने आयोजकले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *