TodayPati

मधेश प्रदेश : टायर पेन्चर भएर कार पल्टिँदा एक जनाको मृत्यु, तीनजना घाइते

शुभ नारायण यादव-
सप्तरी, चैत १७ गते ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कंकालिनी नगरपालिका १ कंकालिनी मन्दिर र कोसीब्यारेजको बीचमा पुर्वबाट पश्चिम तर्फ जाँदैगरेको बा १९ च ५५७६ नंम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

Sponsored

अगाडी भागको टायर पेञ्चर भएर पल्टीदा कारमा सवार सुनसरी इनरुवा नगरपालिका ५ का ६५ वर्षीय लिलाबहादुर कार्कीको नोवेल अस्पताल बिराटनगरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सुनसरीको इनरुवा नगरपालिका ५ का ६५ वर्षिय लिला बहादुर कार्की, उदयपुरको त्रियुगा नगरपालिका १० गाईघाटका ८३ वर्षीय योग्य बहादुर काकी, चालक खोटाङग मार्फा २ का ५९ वर्षिय राजकुमार नेपाल घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *