TodayPati

महोत्तरीमा एसईई परीक्षाको सुरक्षाका लागि खटेका असईको मृत्यु

टुडेपाटी–
जनकपुरधाम, चैत १७ गते ।

एसईई परीक्षाको लागि महोत्तरीको एक परीक्षा केन्द्रमा खटेका नेपाल प्रहरीका एकजना असईको मृत्यु भएको छ ।

महोत्तरीको बलवा नगरपालिका वडा नम्बर १० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रमा खटेका असई ललनकुमार राय पटेलको मृत्यु भएको हो ।

Sponsored

परिक्षा केन्द्रमा खटेका पटेलको अचानक स्वास्थ्य अवस्था बिग्रीएपछि उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको थियो । उपचारको क्रममा बिहान ९ बजेर २५ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

रौतहटको गौर नगरपालिका २ घर भएका असई पटेल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *