TodayPati

मधेश प्रदेश : प्रश्नपत्र बाहिरएपछि केन्द्राध्यक्षसहित ५ जनालाई कारबाही, परीक्षार्थी निष्कासित

टुडेपाटी–
बारा, चैत १७ गते ।

बारामा एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि केन्द्राध्यक्षसहित ५ जना कारवाहीमा परेका छन् ।

शुक्रबार एसईईको पहिलो दिन भएको अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरुभएको केही मिनेटमै प्रश्नपत्र बाहिरिएको थियो ।

Sponsored

बाराको आदर्शकोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएपछि त्यहाँ केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र २ निरीक्षकसहित ५ जनालाई कारबाही गरिएको छ । साथै एक परीक्षार्थीलाई पनि निष्कासित गरिएको छ ।

परीक्षा केन्द्रका केन्द्राध्यक्ष दिनेश साहको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको भन्दै त्यसको अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारीसहित परीक्षा समन्वय सिमितिको पुगेको टोलीले उनीहरूलाई कारबाही गरेको हो ।

व्यवस्थापनको कमिले प्रश्नपत्र बाहरिएको थियो । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको थियो ।

Sponsored

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्षद्वय पदम चौधरी, विजय चौधरीलाई परीक्षा अवधिभरको जिम्मेवारीबाट हटाइएको छ । एक परीक्षार्थीलाई निष्कासन गरिएको छ ।

त्यस केन्द्रमा अर्का केन्द्राध्यक्ष नियुक्त गरिने उनले बताए ।

केन्द्राध्यक्षको कमजोरीले परीक्षा भद्रगोल भएपछि कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *