TodayPati

मधेश प्रदेश : मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

टुडेपाटी–
सर्लाही, चैत १६ गते ।

आफै चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक लालबन्दी नगरपालिका १७ बस्ने अन्दाजी २५ वर्षीय प्रमेश्वर महतो र पछाडी सवार ४० वर्षीय चरित्र बहादुर काफ्ले रहेको प्रहरीले जनाएको छ ।

Sponsored

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज अपराहन्न ४ बजेको समयमा हरिपुर्वा नगरपालिका –३ धनकौल स्थित भित्रिबाटोमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घना भएको हो । दुर्घटनामा दुबैजनाको घटना स्थलमै मृत्यु भएको हो ।
घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *