TodayPati

जसपाका मन्त्री छान्ने जिम्मा उपेन्द्र यादवलाई

टुडेपाटी–
काठमाडौँ, चैत १६ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा जाने मन्त्रीहरु छान्ने जिम्मा दिएको छ ।

आज बसेको पार्टी संसदीय दलको बैठकले यादवलाई मन्त्री छान्ने अधिकार दिएको हो ।

Sponsored

बैठकमा अध्यक्ष यादवले पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने गरी गठबन्धनमा छलफल भएको ब्रिफिङ गरेका छन् । सोहीअनुसार गठबन्धनमा छलफल भएको र आजै दलहरुसँग छलफल गरेर अन्तिम टुंगो लाग्ने यादवले बताएका छन् ।

अब यादवले मन्त्री छानेर प्रधानमन्त्री प्रचण्डलाई बुझाउने छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *