TodayPati

मधेश प्रदेश : छिमेकीको घरमा आगो लगाएर तीनजना फरार

टुडेपाटी–
सप्तरी, चैत ११ गते ।

सप्तरीमा छिमेकीको घरमा आगो लगाएर तीनजना फरार भएका छन् ।

शनिबार बिहान ३ बजेको समयमा सप्तरीको सुरूङगा नगरपालिका ९ बैरबोना स्थितमा ४५ वर्षीय रमानन्द यादवको खरले छाएको फुसको घर भित्र राख्ने अन्नपात भएको घरमा स्थानीय तीनजना आगो लगाएर फरार भएको प्रहरीले जनाएको छ ।

Sponsored

स्थानीय ३५ वर्षीय बिरेन्द्र यादव, उनको श्रीमती २९ वर्षीया रन्जु कुमारी यादव र सोही नगरपालिकाको वडा नं. १० सिस्वा बस्ने ४५ वर्षीय रामबिलास यादवसमेतले मिलेर घरमा आगो लगाउँदै गरेको अवस्थामा स्थानियले देखेपछि हो–होल्ला गर्दा फरार भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

आगलागिबाट घर र घर भित्र रहेको नगद १५ हजार र अन्नपात गरी ९९ हजार २ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगो स्थानीहरुको सहयोगमा नियन्त्रणमा आएको तथा यसमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Sponsored

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *