TodayPati

मधेश प्रदेश : एक महिनामा लागूऔषधसहित ११५ जना पक्राउ

टुडेपाटी–
जनकपुरधाम, चैत ११ गते ।

मधेश प्रदेशको विभिन्न जिल्लाबाट एक महिनामा ११५ जना प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको अनुसार पक्राउ पर्नेमा ९६ जना पुरुष र १९ जना महिला रहेका छन् ।

Sponsored

फागुन महिनामा प्रदेशको ८ वटै जिल्लाबाट ११५ जनालाई गाँजा ११८ किलो ६२५ ग्राम, ब्राउन सुगर १ ग्राम ७४१ मिलिग्राम, चरेस ११ किलो, हिरोईन ४ ग्रामसहित पक्राउ गरेको छ ।

यस्तै, लागूऔषध डाईलेक्स डिसी १५ लिटर, ट्याब्लेट २ हजार ४७४ पिस, इन्जेक्सन २ हजार २९८ पिस बरामद गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *