TodayPati

सरकारले युवा र खेलाडीलाई बढी महत्व दिएको छ : प्रधानमन्त्री प्रचण्ड

टुडेपाटी–
काठमाडौँ, चैत ११ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई बढी महत्व दिएको बताएका छन् ।

नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई शनिबार बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने गरेको बताए ।

Sponsored

प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकार युवाहरुको भविष्य निर्माणमा प्रतिबद्ध र इमान्दार रहेको पनि बताए ।

उनले खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *