TodayPati

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

टुडेपाटी–
जनकपुरधाम, चैत ११ गते ।

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुर पदीय मर्यादाविपरीत पार्टीको आन्तरिक कार्यक्रममा सहभागी भएका छन्।

जनता समाजावदी पार्टीले बारामा आयोजना गरेको विधान मस्यौदामाथि प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा ठाकुर सहभागी भएका हुन्।

Sponsored

गत कात्तिक १५ गते ठाकुर मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए ।

मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको पक्ष वा विपक्ष वा प्रदेश सरकारको हकहित वा सरोकार रहेको संविधान वा कानूनको व्याख्या सम्बन्धी कुनै जटिल संवैधानिक वा सम्बन्धित प्रदेशको सन्दर्भमा सार्वजनिक महत्त्व वा सार्वजनिक सरोवारको मुद्दामा प्रदेश सरकारको तर्फबाट अदालतमा वहस पैरवी गर्ने मुख्य न्यायाधिवक्ताको काम कर्तव्य सम्बन्धी ऐनले व्यवस्था गरिएको छ।

त्यस्तै, प्रदेश सरकारकले मागेको खण्डमा कानूनी सल्लाह उपलब्ध गराउने, अदालतको फैसला कार्यान्वयन गराउन अनुमगन गर्ने, कानून निर्माण गर्न सहयोग गर्ने सहितको काम कर्तव्य अधिकार तोकिएको छ।

Sponsored

तर ठाकुर सरकारी सेवा सुविधा लिएर पदीय मर्यादा विपरीत पार्टीको बैठकमा सहभागी भएका हुन्।

मुख्य न्यायाधिवक्ता ठाकुर भने मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्न मात्रै कार्यक्रममा गएको दाबी गरे ।

उनले भने, “मुख्यमन्त्रीले बोलाएको कारणले गएको हुँ। केही भ्रमण र कानूनी सल्लाह गर्नु थियो ।”

जसपा कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताका अनुसार उनी कार्यक्रममा सहभागी भएका थिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *