TodayPati

मधेश प्रदेश : भन्सार छली गरेर ल्याएको साढे ६ करोडभन्दा बढीको सामान बरामद

टुडेपाटी–
जनकपुरधाम, चैत ७ गते ।

मधेश प्रदेश प्रहरीले गत महिना साढे ६ करोडभन्दा बढीको भन्सार छली गरेर ल्याएको सामान बरामद गरेको छ ।

फागुन महिनामा प्रदेशको विभिन्न ८ वटा जिल्लाबाट ६ करोड ६८ लाख ३६ हजार ५३६ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

Sponsored

प्रहरीले यस एक महिनामा किराना सामग्री १ करोड ८५ लाख ९४ हजार ९२४, विद्युतीय सामग्री ७ लाख ४५ हजार, सवारी साधन र पाटपूर्जा २ करोड ४७ लाख ३४ हजार ९३० रुपैयाँ बराबरको बरामद गरेको छ ।

यस्तै, लत्ता कपडा, फेन्सी तथा अन्य सामान २ करोड २६ लाख ४२ हजार ५३२ र चाँदी १ लाख १९ हजार १५० रुपैयाँ बराबरको बरामद गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरीले यसमा संलग्न ४६ जनालाई समेत नियन्त्रणमा लिएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *