वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
टुडेपाटी–
काठमाडौं, चैत ७ गते ।
निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।
विभिन्न कारणले रिक्त भएका तीनवटा प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो ।
बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको आयोगले सूचना जारी गर्दै जनाएको छ ।
आगामी वैशाख १० गते, तनहुँ–१, बारा–२ र चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।
Sponsored
यस्तै, चितवन–२ मा रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो ।