TodayPati

मधेश प्रदेश : भन्सार छलीको सुर्ती बरामद

टुडेपाटी–
सर्लाही, चैत ७ गते ।

सशस्त्र प्रहरीले सर्लाहीको हरिवन नगरपालिका–११ बाट भन्सार छलीको सुुर्ति बरामद गरेको छ ।

गण नम्बर–१० सर्लाहीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भन्सार छलेको सुर्ती बरामद गरेको सशस्त्र प्रहरी प्रवक्ता (डीआईजी) पुरुषोत्तम थापाले बताए ।

Sponsored

हरिवन नगरपालिका–११ मा रहेको राजेश जनरल स्टोरका सञ्चालक तेज नारायण शाहको घरमा लुकाएर राखेको अवस्थामा सशस्त्रले २६० केजी खुल्ला सुर्ती बरामद गरेको हो ।

लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी र राजस्व करदाता सेवा कार्यालय लालबन्दीको टोलीले छापा मार्दा १० बोरा खुला सुर्ती, प्याकेट सुर्ती ७ सय प्याकेट र रजनीगन्धा १० प्याकेट भेटिएको छ ।

सो सामान कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *