महोत्तरी प्रहरीद्वारा ६ वटा मरिदा भट्टी नष्ट
टुडेपाटी
जनकपुरधाम, चैत ५ गते ।
महोत्तरीमा ६ वटा घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । लोहारपट्टी नगरपालिका ७ भ्रमरपुरा बजार र बलवा नगरपालिका ६ देवनवा टोलमा रहेको ६ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
साथै ६ वटा भट्टीमा रहेको कच्चा पदार्थ ६ सय लिटर समेत नष्ट गरेको हो । मदिरा बनाउन प्रयोग हुने ड्रम ८ वटा, सानो प्लाष्टिको जार २७ वटा सोही स्थानमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।