TodayPati

जानकी हेल्थकेयरले सप्ताहिक रुपमा मनायो १७ औं बार्षिकोत्सव

टुडेपाटी-
जनकपुरधाम, चैत ४ गते ।

जनकपुरधाम स्थित जानकी हेल्थकेयर एण्ड टिचिंग हस्पिटल प्रा.लि.ले विभिन्न कार्यक्रम गरी सप्ताहिक रुपमा आफ्नो १७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । फागुन २७ सरसफाई, वृक्षारोपन तथा रगत कार्यक्रम सुरु गरेको वार्षिकोत्सव शनिबार सम्मान कार्यक्रम गरी सम्पन्न गरेको हो ।

शनिबार हेल्थकेयरले आयोजना गरेको सम्मान तथा समापन कार्यक्रमको उदघाटन गर्दै मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले चिकित्सहरुले इमान्दारितासाथ बिरामीको उपचार गर्नु पर्न बताए । मिश्रले चिकित्सक गरिब, निमुखा देखि धनाढय सबैका लागि भगवान सरह नै हुने गरेकाले उनीहरुको मुलमन्त्र सेवा परमो धर्म नै रहेको उनको भनाइ छ ।
उनले सबै वर्ग र समुदायको लागि चिकित्सक एक समान हुनुपर्ने बताए ।

Sponsored

कार्यक्रममा अस्पतालका सञ्चालक तथा पुर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले अस्पतालले जनकपुरधाममा आइसियु, युरो, न्युरो, लाइक्रोस्कोपी सहितका आधुनिक उपचार पद्वतीको थालनी गरि जनकपुरधाममै पनि स्तरीय स्वास्थ्य उपचारको वातावरण बनाउन सफल भएको बताएका थिए ।

डा. यादवले मधेश विद्रोह २०७२ मा आन्दोलनकारीहरुका लागि भोजन र घाइतेलाई उपचारका साथै सो विद्रोहमा शहिद भएका मध्ये आठ शहिदका परिवारको निशुल्क उपचार निरन्तर गर्दै आएको बताए ।

कार्यक्रममा अस्पतालका निर्देशक हरिशचन्द्र यादवले स्वागत मन्तब्य राख्दै अस्पतालमा उपलब्ध रहेको सेवाहरुको जानकारी गराएका थिए । कार्यक्रममा पुर्व सांसद धमेन्द्र साह, महोतरी गौशालाका नगरप्रमुख दिपेन्द्र कुमार महतो, मनरासिसवा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डे, जलेश्वर अस्पतालकी अध्यक्ष मिनु झा, एमाले जनकपुरधाम नगरअध्यक्ष सुरेन्द्र भण्डारीसहितकाले आ–आफनो मन्तब्य राखेका थिए ।

Sponsored

सो अवसरमा वरिष्ठ चिकित्सक डा. सुर्यनारायण यादव, डा. लखनलाल साह, डा. दामोदर प्रधान, डा. रमण मिश्र, डा. रामज्ञान यादव, डा. सज्जन ठाकुर, शहिद परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो । यस्तै अस्पतालमा उत्कृष्ट स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रसंशापत्र र विभिन्न कार्यक्रममा उत्कृष्ट प्रतियोगीलाई पुरस्कार वितरण गरिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *