राराब क्याम्पसमा स्ववियु नेतृत्व चयनका लागि मतदान हुँदै
टुडेपाटी-
जनकपुरधाम, चैत ५ गते ।
जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्वका चयनका लागि आज निर्वाचन हुँदै छ । स्ववियुको नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।
२१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक समाजवादी निकट लोकतान्त्रिक विद्याथी संघको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबबाट मनिषकुमार यादव, ५ दलिय गठबन्धनको तर्फबाट संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादवले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र राप्रपा निकटका विद्यार्थी संगठनहरु रहेका छन् ।
त्यस्तै जनमत पार्टी निकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषदबाट अभिशेक साहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
राराबमा स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन् ।
त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा आज स्ववियु निर्वाचन हुँदैछ ।
Sponsored