TodayPati

मधेश प्रदेश : ट्रक र विंगर एक आपसमा ठक्कर खाँदा १४ जना घाइते

टुडेपाटी–
सप्तरी, चैत २ गते ।

पूर्व पश्चिम राजमार्गमा ट्रक र विंगर एक आपसमा ठक्कर खाँदा १४ जना घाइते भएका छन् ।

गएराति करिब १२ बजेको समयमा सप्तरीको रुपनि गाउँपालिका ६ जगमोहन स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ४ ख २६०८ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको बा ०१–०२८ च २२१५ नम्बरको विंगर एक आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

सो दुर्घटनामा विंगरमा सवार १४ जना घाइते भएको तथा उनीहरुको युनिक अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

प्रहरीले ट्रक, ट्रक चालक सुनसरीको ईटहरी उपमहानगरपालिका ११ सिमरवना बस्ने २५ वर्षीय बिसाल खालाई नियन्त्रणमा यलिएको छ ।

घाइतेहुनेहरु :
१. विङगर चालक जि.सिरहा लहान नपा.२४ मनहरबा बस्ने अं।बर्ष ३५ को दिलिप कुमार रामको दुबै खुट्टा र पेटमा चोट लागेको
२. ऐ.ऐ. सुखिपुर बस्ने अं.बर्ष २३ को राकेश प्रसाद साहको टाउकोमा चोट लागेको
३. निजको श्रीमती अं.बर्ष ३० की पिंकी कुमारी साहको शरिरको बिभिन्न भागमा चोट लागेको
४. निजको छोरा अं.बर्ष ५ को युमान साहको दुबै खुट्टामा चोट लागेको
५. निजको सालि अं.बर्ष २० की शितल कुमारी साहको अनुहारमा चोट लागेको
६. ऐ.ऐ. लहान बस्ने बर्ष ४५ को गणेश साहको टाउकोमा चोट लागेको
७.निजको छोरा अं.बर्ष ६ को अवास साहको टाउकोमा चोट लागेको
८. ऐ.ऐ. १लहान बस्ने बर्ष ५५ को रमेश कुमार साहको छातिमा चोट लागेको
९. निजको श्रीमती अं.बर्ष ५० की मुनि देवि साहको दुबै खुट्टामा चोट लागेको
१०. जि.पर्सा बिरगंज ३ बस्ने अं.बर्ष ४० को राकेश कुमार गुप्ताको दुबै खुट्टामा चोट लागेको
११. निजको श्रीमती अं.बर्ष ३५ की अभा देवि गुप्ताको पेट र शरिरको बिभिन्न भागमा चोट लागेको
१२. देश भारत जि.सितागढी ग्राम पंचायत सितामढी बिहार बस्ने अं.बर्ष २० को रोशन साहको टाउको र दुबै खुट्टामा चोट लागेको
१३. जि.सिरहा लहान न.पा. ८ सुखिपुर बस्ने उमेश साहको छोरि अ. बर्ष २१ की आरती कुमारि साहको दाहिने खुट्टामा चोट लागेको
१४. ऐ.ऐ. बस्ने राकेश साहको छोरा अ.बर्ष ८को आरभ कुमार साहको दाहिने खुट्टामा चोट लागेको

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *