मधेश प्रदेश : बहुविवाह गर्ने एकजना जेल चलान
टुडेपाटी-
सप्तरी, चैत २ गते ।
सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् । छिन्नमस्ता गाँउपालिका वडा नं. २ वस्ने वर्ष २४ का सुरेन्द्र खंगलाई जेल चलान गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
उनका अनुसार मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले खंगलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । उनी फैसलादेखि फरार रहेका थिए ।
खोजतलासको क्रमममा खंगलाई पक्राउ गरी बुधबार जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार राजविराज पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।