TodayPati

मल अनुदानमा सरकारले कटौती गरेकोमा जनमत पार्टीको विरोध

टुडेपाटी–
काठमाडौं, चैत २ गते ।

जनमत पार्टीले सरकारले मलमा अनुदान कटौती गरेकोमा विरोध गरेको छ।

जनमतका अध्यक्ष डा. सीके राउतले विज्ञप्ति निकालेर किसानहरूको हितमा माग सम्बोधन नभए पार्टी आन्दोलनमा उत्रिन बाध्य हुने उल्लेख गरेका छन्।

Sponsored

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान फागुन २४ गते कटौती गरेको थियो।

७०.८२ प्रतिशत अनुदान दिँदै आएकोमा कटौती गरी ५९.०४ मा झारेपछि विरोध भइरहेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘किसानले प्रतिकिलो युरियामा ११, डिएपीमा ७ र पोटासमा ९ थप मूल्यभार व्यहोर्नुपर्ने भएको छ । सरकारले जनताको हितमा काम गर्नुपर्ने र उत्पादनमुखी काममा बजेट बढाउनुपर्नेमा उल्टो समग्र अनुदान ११.८ प्रतिशतले घटाउने निर्णय गर्नु सरकारले गरिब किसानहरूको वेवास्ता गरेको देखिन्छ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *