TodayPati

मधेश प्रदेश : घर अगाडि लडेर २२ वर्षीय युवकको मृत्यु

टुडेपाटी–
जनकपुरधाम, चैत २ गते ।

आफ्नै घर अगाडि लडेर सप्तरीमा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. ८ बलारदह मंगल हटियाका २२ वर्षीय श्रीकान्त दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

बुधबार बिहान २ बजे आफ्नै घरको गेट बाहिर लडि अचेत अवस्थामा रहेका दासलाई उनको दिदीले देखेपछि उठाई घरको आँगनमा ल्याई राखेका थिए ।

बिहान ९ बजे स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उचारको लागि स्थानिय स्वास्थ्य चौकी फतेपुर सप्तरीमा ल्याएकोमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *