मधेश प्रदेश : नदीमा डुबेर एकजनाको मृत्यु
टुडेपाटी-
वीरगञ्ज, फागुन २५ गते ।
पर्सामा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
पर्सागढ़ी नगरपालिका– ८ हरपुर टोल बस्ने ५० वर्षीय प्रल्हाद भनिने लक्ष्मी राम चमारको डुबेर मृत्यु भएको हो ।
बुधबार दिउँसो २ बजे उनी होली खेल्नका लागि निस्केका थिए ।
स्थानीयबासिन्दाले बिहिवार बिहान लुठा नदीमा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
नदीमा डुबेको अवस्थामा उनको शव निकालिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।
Sponsored
शव पोष्टमार्टमको लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा लगिएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।