राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
टुडेपाटी-
काठमाडौं, फागुन २५ गते ।
नेपालको चौथो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
८ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
पौडेलले ३३ हजार ८०२ मतभार पाए। उनको पक्षमा २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत हालेका हुन्।
आज नयाँ बानेश्वरस्थित संसद भवनमा भएको निर्वाचनमा संघीय संसदका ३१३ र प्रदेशसभाका ५१८ सांसदले मत खसालेका थिए।
राष्ट्रपतिको निर्वाचनमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३४ जना र प्रदेशसभाका ५५० जना सांसद मतदाता रहन्छन्।
Sponsored
नेपालको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव भएका थिए भने दोस्रो र तेस्रोमा बिद्यादेवी भण्डारी थिए ।