TodayPati

मधेश प्रदेश : ४२ वर्षीया महिलाले गरिन आत्महत्या, यस्तो छ कारण

टुडेपाटी-
सप्तरी, फागुन २४ गते ।

सप्तरीमा एक महिलाले आत्महत्या गरेकी छिन् ।

मंगलबार सप्तरीको राजबिराज नगरपालिका ७ खर्साल टोल बस्ने देव कुमार यादवको ४२ वर्षीया श्रीमती सिमा यादवले डिप्रेसनको कारण मुसा मार्ने कमाण्डो नामक विषादी सेवन गरि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

महिलालाई छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा समान्य उपचार पश्चात थप उपचारको लागि बिराट मेडिकल कलेज बिराटनगर लगिएकोमा आज बिहान डाक्टरले इसिजी चेकजाँच गर्दा मृत घोषणा गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यस घटनावारे थप घनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *