जनकपुरको इन्टरनेट मार्केट टुडे फेरि बन्यो २०२३ को गुगल प्रिमियर पार्टनर
टुडेपाटी-
जनकपुरधाम, फागुन १० गते ।
जनकपुरधामबाट सञ्चालित इन्टरनेट मार्केट टुडे फेरि सन् २०२३ गुगल प्रिमियर पार्टनरको उपाधि पाउन सफल भएको छ । इन्टरनेट मार्केट टुडेले यस वर्ष पनि २०२३ को उपाधि सफलता फूर्वक हासिल गरेको हो । धनुषाका अमित झाले सञ्चालन गरेको इन्टरनेट मार्केट टुडे एक दशकदेखि गुगल मार्फत डिजिटल मार्केटिङको काम गर्दै आइरहेको छ ।
इन्टरनेट मार्केट टुडे नेपालकै एक मात्र स्थापित गुगल प्रिमियर पार्टनर हो । केहि वर्ष यता वर्षेनी निरन्तर प्रिमियर पार्टनरको उपाधिमाथि पाउन सफल छ ।
यस संस्थाले व्यवसायहरूलाई उनीहरूको लक्षित दर्शकहरु संग लागत प्रभावी रूपमा पुग्न प्लेटफर्म प्रदान गर्दछ। यद्यपि, गुगल विज्ञापन अभियानहरू प्रबन्ध गर्नु व्यवसायहरूको लागि चुनौतीपूर्ण कार्य हो । त्यसैले गुगलले यसको प्रिमियर साझेदार कार्यक्रम प्रस्तुत गरेको छ।
यस कार्यक्रमले गुगल विज्ञापन अभियानहरू प्रबन्ध गर्न उत्कृष्टता प्रदर्शन गरेका कम्पनीहरूलाई मान्यता दिँदै आएको छ ।
सन् २०१३ मा झाले संचालन गरेको इन्टरनेट मार्केट टुडे नेपालकै गुगललाई फाइदा पुर्याउने एकमात्र ठूलो संस्था हो । छोटो अवधिमा नै इन्टरनेट मार्केट टुडे प्रतिष्ठित गुगल पार्टनर र प्रिमियर पार्टनर बन्न सफल भइसकेका छन्।
Sponsored