TodayPati

परिक्रमा आज चौथो दिन मटिहानी पुग्दै

टुडेपाटी-
जनकपुरधाम, फागुन ११ गते ।

पन्ध्रदिने धार्मिक तथा ऐतिहासिक पद यात्रा मिथिला मध्यमा परिक्रमा आज चौथो दिन महोत्तरीको मटिहानी पुग्दै छ । बुधबार भारतको कल्नाबाट फुलहर एवं गिरीजास्थान पुगेर रात्रि बिश्राम गरेका परिक्रमा यात्री आज बिहानदेखि मटिहानी प्रस्थान गरेका हुन् ।

गिरीजास्थानमा त्रेता युगमा भगवान राम र सिताको पहिलो भेट भएको मान्यता छ । आज परिक्रमा पुग्ने मटिहानीमा त्रेता युगमा सीताको मटकोर भएको धार्मिक विश्वास छ । त्यस कारण पन्ध्रदिने परिक्रमको चौथो पडाव स्थल छ ।
मटिहानी नगरपालिकाले आज परिक्रमा यात्रीलाई स्वागत गर्न सार्वजनिक बिदा दिएको छ ।

Sponsored

सोमबार धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागर स्थित मठबाट रामजानकीको डोलालाई विधिवत रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमा सोमबारबाट प्रारम्भ भएको थियो ।


भोलि जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, सतोषर, औरही, बिशौल हुँदै पुनः कल्ना पुगी १५ औं दिनमा परिक्रमा टोली जनकपुर आउनेछन् । त्यसपछि जनकपुरमा अन्तगृह परिक्रमासँगै परिक्रमा समापन हुनेछ । त्यसको भोलिपल्ट जनकपुरमा होली खेल्ने समेत परम्परा रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *