TodayPati

मेरो त्यो बिद्रोह, जसले तीन वर्ष जनकपुरको कुनै रेडियोमा काम पाइनँ

शैलेन्द्र महतो ‘क्रान्ति’

कान्छो रामेश्वर काकालाई बिहेमा दिएको रेडियो थियो हाम्रो घरमा । उहाँले बजाएको बेला सानैदेखि रेडियो नेपाल सुन्ने गर्थें । माओवादीकै जनयुद्धको बेला कान्तिपुर एफएम, इमेज एफएम, माओवादीको रेडियो गणतन्त्र नेपाल अर्काको एफएममा बज्न थाल्दा सुन्थे । किन भने मेरो घरमा एफएम टिभी केही थिएन । २०६१ तिर एउटा रेडियो सेट किने । २०६२ मा जनकपुरधाममा पहिलोपटक रेडियो जनकपुर ९७ मेगाहर्ज खुल्यो । अन्य रेडियो धमाधम खुल्न थालेपछि मैथिली गीतसंगित, कार्यक्रम प्रशारण हुँदा रेडियो/एफएम मा काम गर्ने रहर पलायो । कहाँ कसरी रेडियोमा जोडिएला वा काम गर्न सकिएला, चासो थियो मेरो। जनकपुरमा बज्ने सबै एफएमको समाचार, संदेशमूलक र गीति कार्यक्रम सुन्थे, फोनिङ् कार्यक्रममा गाउँकै काकाको सिडिएमए सेटबाट कहिलेकाहीँ फोन लगाउँथे । कहिलेकाही लाग्दा मन दंग हुन्थ्यो ।
२०६५ मा १२ कक्षा पढ्दै गर्दा रेडियो जनकपुरले शान्तिका लागि ग्रामिण आबाज सहजकर्ताको लागि आवेदन आह्वान ग¥यो । धनुषाको तत्कालीन भूचक्रपुर गाविसबाट मैले पनि फारम भरे । यहाँबाट चार जनाले आवेदन दिएका थिए । मौखिक अन्तवार्तामा म छनौट भएँ ।

आफ्नै भाषामा समाचार, मनोरञ्ज दिने कार्यक्रमहरुले मलाई त्यतीबेला रेडियो जनकपुर सबैभन्दा धेरै मन पर्थ्यो । अरुको आवाज सुनेर दंग पर्ने यो स्रोतालाई आफ्नै नाम रेडियोमा आउने सोचेर खुशीको सिमा थिएन । मैले काम सुरु गरेँ । गाउँ–घर वरपर घटेको घटना र भएको कार्यक्रमको मैले आफैले मोबाइलमा रिचार्ज खर्च गरेर थुप्रै समाचारहरु टिपाउँथे रेडियोमा, समाच बुलेटिनमा सहकर्मी शैलेन्द्र महतो नाम सुन्न । जुन दिन समाचार टिपाउँथे साथीहरुलाई फोन गरेर आजको समाचार सुन्न भन्थे । नाम आएपछि फुरुंग हुन्थे ।

Sponsored

२०६६ सालमा उच्चा शिक्षा (स्नातक) पढ्न जनकपुर आएँ । रेडियोमा औपचारिक रुपमा काम गर्ने ठूलो रहर थियो । त्यतीन्जेल समाचारमा मेरो नाम आइसकेकाले हौसला र हिम्मत बढिसकेको थियो । तर रेडियोमा बोलिएकोजस्तो मैथिली बोल्न नआएमा कामै नभेटिने एफएममा काम गर्ने केही चिनजानका साथीहरुले सुनाए । त्यसले मलाई लाग्यो, सायद मलाई रेडियोमा गाह्रै होला । तर म निरास भइनँ। रेडियोबाट पत्रकारिता गर्ने जोश जागर यति थियो कि भाषाको घेराले मलाई छेक्नै सक्दैन् लाग्यो । त्यहीँ बेला मैले बर्दिबासबाट प्रशारण हुने रेडियो दर्पण ८८.४ मेगाहर्जमा पनि चिनजान गरेर समाचार टिपाउँथे । त्यहाँ रेडियोका समाचार प्रमुख जनार्दन पोखरेल दाईले रिर्पोटिंग गर्ने समाचार लेख्ने मार्ग दर्शन गर्नु हुन्थ्यो ।

ती सबै मिडियामा निःशुल्क रुपमै काम गर्थे । तत्काल दुःखै गरेर पनि केही सिक्नुपर्छ भन्ने अठोट थियो ।
२०६७ तिर बरिष्ठ पत्रकार, लेखक तथा राजनीतिज्ञ समेत रहनु भएका रामरिझन यादवले प्रकाशित गर्ने मासिक पत्रिका ‘लाल मधेश’ तिर जोडिए । कुनैकुनै अंकमा सानो समाचार आउथ्यो । त्यो मासिक आएपछि बाँड्थे । जनकपुरमन २०६७ मा साहित्यकार, लेखक तथा राजनीतिज्ञ रोशन जनकपुरी प्रकाशक रहेको ‘नयाँ मिथिला खबर’ दैनिक पत्रिकामा काम सुरु गरे । सम्पादक किरणकुमार कर्णजीले केही समय मार्गदर्शनु गर्नुभयो । तर केही समय पश्चात् पत्रिका बन्द हुने स्थिति आइलाग्यो ।

रेडियो जनकपुरले २०६८ जेठ महिनातीर केही समाचार वाचकको लागि भ्याकेन्सी आह्वान गर्यो । मैले आवेदन दिएँ । दर्जन बढी व्यक्तिले आवदेन दिएका थिए । तर त्यहाँ म र मित्र गोविन्द महतो छनोट भयौं । बल्ल रेडियोमा औपचारिक प्रवेश पाएँ । त्यहाँ तीन महिना जति समाचार टाइप गर्ने, रिर्पोटिंग गर्ने काम निःशुल्क गरेँ । विकास साह दाई समाचार संयोजक हुनुहुन्थ्यो । अनामिका ठाकुर र प्रिती झा समाचार वाचिका । समाचार वाचन गर्न मैले हरसम्भव अभ्यास गरिरहेको थिएँ । तर व्यवस्थापन पक्षले वास्तै गरेको थिएन । समाचार वाचिकाद्वय प्रिती झा र अनामिका ठाकुरको जोडबलमा समाचार वाचन गर्ने अवसर पाएँ । केहि महिनासम्म ३- ४ हजारको दरले पारिश्रमिक पनि दियो । रेडियोमा काम गर्दा मेरो कुनै निश्चित टाइमटेवल थिएन । कुनै कुनै दिन त भोकै रेडियोमा सुत्नु पर्ने पनि बाध्यता हुन्थ्यो । केही कारण बस ६ महिनापछि आन्दोलन भयो । आन्दोलनको नेतृत्व मैले नै गरेको थिएँ । त्यहीँबेला म जनादेश पत्रिकामा पनि कहिलेकाहीँ समाचार पठाउने गर्थे । जनादेश पत्रिकाको वार्षिकोत्सव थियो । काठमाडौं जानु पर्ने थियो, रेडियोबाट दुईदिनको बिदा मागे । तर दिएन । भर्खरै आन्दोलन सकिएको कारण म व्यवस्थापन पक्षको टार्गेटमा थिएँ । वातावरण पनि ठीक नलागेर मैले त्यहीँ झोकमा राजिनामा बुझाएँ । हिसाबकिताव गर्न आग्रह गरे ।

Sponsored

साथीहरुलाई म छाड्दै छु भनेर निस्के । मलाई साथीहरुले तपाई छाडेपछि हामी किन काम गर्ने भन्नु भयो । साँझतीर त्यहाँ कार्यरत्त ६ जना साथी संयुक्त राजिनामा दिएर निस्के । एकजना प्राविधिकलाई जसोतसो रोकिएका थिए । अन्य साथीहरु केही रेडियोहरुमा काम पाउनु भयो । तर म विद्रोही स्वभावकै कारण पछि यहाँ पनि आन्दोलन गर्न सक्छन् भनेर जनकपुरका अन्य रेडियोहरुले स्थान दिएन । म पनि त्यतातिर लागिन । जसरी पनि पत्रकारिता गर्नुपर्छ भनेर म आफै समाचारहरु लेख्ने, सितैमा मिडियाको इमेलमा पठाइदिने, आफ्नै फेसबुक वालमा राख्ने गर्न थाले ।

२०७९ को अन्ततिर तराई टेलिभिजमा रिपोर्टरको अवसर दियो । काम गर्दै गएँ । २०७० मा संविधानसभाको दोश्रो निर्वाचनको संध्यामा मैले एकदमै चर्चित रेडियो उज्यालो ९० नेटवर्कमा जनकपुर रिपोर्टरको रुपमा काम गर्ने अवसर पाएँ । त्यसमा काम गर्ने मेरो ठूलो चाहना थियो । तत्कालिन रेडियो दर्पणका समाचार प्रमुख जनार्दन पोखरेल दाईले त्यो अवसर जुडाइदिनु भयो । उज्यालोमा काम अगाडी बढाउँदै जाँदा २०७२ मा मिथिलाञ्चल एफएम १०५ मेगाहर्जले काम गर्ने अवसर दियो । बिहानको मिथिलाञ्चल विशेष कार्यक्रम चलाउँथे रिर्पोटिंग र समाचार लेख्ने काम गरे । त्यो अवसर मिथिलाञ्चल एफएका संचालक मुकेश दुवे सर, अग्रज पत्रकार दाई अजय अनुरागी र मित्र दिपक कर्णजीले जुडाउनु भयो ।

२०७० साल साउन ४ गते संविधान बनाउन मस्यौदा रायसुझाव संकलन टोलि जनकपुरमा आएको थियो । त्यहाँ झडप भएको थियो । रिर्पोटिंगकै क्रममा सुरक्षाकर्मीबाट आक्रमण भयो । जसोतसो सुरक्षकर्मीको भीड छिचोलेर बाँच्न सफल भएँ । घाइते थिएँ । आन्दोलन चलिरहेको थियो । सुरक्षाकर्मीको अत्याचार देखेर आफूलाई सम्हाल्न सकिनँ। कामलाई निरन्तरता दिइरहे । आन्दोलन चर्किदै जाँदा ताजाताजा अपडेटले मिथिलाञ्चल एफएमको श्रोता बढ्दै गयो । समाचार संयोजक मित्र दिपक कर्णले एफएम २०७२ को अन्तति एफएम छोड्नु भयो । त्यसपछि मैले समाचार संयोजकको रुपमा जिम्मेबारी पाएँ । झण्डै एक वर्षजति समाचार संयोजकको रुपमा काम गरे । २०७३ को अन्ततिर मिथिलाञ्चल एफएमबाट विशेष कारणवस छोड्नुपर्ने भयो ।

उज्यालो रिपोर्टरको यात्रा जारी नै राखेको थिएँ । त्यसमै समाचार, रिपोर्ट बनाएर पठाउँथे । एउटा आफ्नै ‘टुडेपाटी डटकम‘ (Todaypati.com) नामक अनलाइन खोले । अप्पन टिभीमा ‘सझिया मुद्दा’ सप्ताहिक कार्यक्रम चलाएँ झण्डै एक वर्षसम्म । २०७६ को मध्य तिर उज्यालो नेटवर्कबाट झण्डै ६ वर्षको यात्रालाई बिराम दिएँ । यसै गरी रेडियो यात्राको झण्डै एक दशक बिताएँ । २०७६ को मंसिर तिर नेपालखबर डटकम (nepalkhabar.com( अनलाइनमा काम सुरु गरे । झण्डै ३ वर्षको नेपालखबरको यात्रा भदौसम्म रह्यो । २०७९ असोज १ गतेदेखि देशकै लोकप्रिय एवं विश्वसनीय अनलाई अनलाइनखबर (Onlinekhabar.com) को यत्रा प्रारम्भ गरे । अहिले जारी छ । यहाँसम्म पुर्‍याउन सहयोग गर्नु हुने सबैप्रति कृतज्ञ छु । रेडियो दिवसको अवसरमा हार्दिक शुभकामना !

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

3 thoughts on “मेरो त्यो बिद्रोह, जसले तीन वर्ष जनकपुरको कुनै रेडियोमा काम पाइनँ

  • February 13, 2023 at 7:21 pm
    Permalink

    हजुरको पत्रकारिता जगतको यात्रा साच्चिकै नदिको पानी झै उतारचढावयुक्त रहेको छ। समयसंगै अझै परिस्कृत र सफल पत्रकारिता होस भन्ने शुभकामना !!!

    Reply
  • February 13, 2023 at 11:55 pm
    Permalink

    Good luck daju 👍👍

    Reply
  • February 15, 2023 at 5:48 pm
    Permalink

    आगामी दिनहरु अझै सबल र सक्षम बनोस धेरै धेरै शुभकामना

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *