TodayPati

पेट्रोलीयम डिलर्स एशोसिएशन जनकपुरधामको कार्य समितिको म्याद एक वर्ष थप

टुडेपाटी–
जनकपुरधाम, फागुन १ गते ।

पेट्रोलीयम डिलर्स एशोसिएशन जनकपुरधामको साधारणसभाबाट वर्तमान कार्यसमितिलाई एक वर्षको म्याद थप गरिएको छ ।

पेट्रोलीयम डिलर्स एशोसिएशन १५ औ अधिवेशन तथा साधारण सभाको बन्द सत्रमा एशोसिएशनको विद्यान संसोधन गर्नुपर्ने भएकोले वर्तमान कार्यसमितिलाई एक वर्ष म्याद थप गरिने सभाबाट निर्णय गरिएको हो ।

Sponsored

यसैगरी, एशोसिएशनको विद्यान संसोधनको मस्यौदा ६ महिना भित्र तयार गरि त्यसमा वृहत छलफल गरि सभाबाट पास गर्ने समेत बन्द सत्रबाट निर्णय गरिएको निर्वचान अधिकृत राजन प्रसाद दाहालले जानकारी दिए । विधान संसोधनको लागि इन्जिनयर रत्न कुमार पूर्वेको संयोजकत्वमा ३ सदस्यीय विद्याम संसोधन समिती गठन गरिएको उनले बताए । विधान संसोधन समिति सदस्यमा एशोसिएनका केन्द्रिय सदस्य बजरंग प्रसाद साह र मा जानकी यातायात प्रा.लि. अध्यक्ष मनोज चौधरी सदस्य रहेका अधिकृत दाहालले बताए ।
त्यसैगरी, साधारणसभाको बन्द सत्रमा एशोसिएशनका वरिष्ठ सल्लाहकार रत्न कुमार पुर्वे, निर्वाचन अधिकृत दाहालसहित अन्य पदाधिकारिहरु गालीगलौज सहित दुव्र्यहार गर्ने एशोसिएसनका सदस्य किष्णु देव साहलाई कारर्वाही गर्न एशोसिएसनले जिल्ला प्रशासन कार्यालय धनुषामा माग समेत गरेको छ । एशोसिएशनका महासचिव सत्रुधन यादवले हस्ताक्षरित उक्त ज्ञापन पत्रमा निर्वाचन अधिकृत, वरिष्ठ सल्लाहकार पुर्वेलाई गालि वेइजत गर्ने साहलाई कानुन अनुसार कारर्वाही गर्न धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल सँग माग गरिएको छ ।
यस्तै, जनकपुर डिजेल एंव शंजु आयल स्टोर्सका संचालक किशुन देव साहलाई एशोसिएशनले स्पष्टीकरण समेत सोधेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *