TodayPati

धनुषामा ४० वर्षीय पुरुषको बेवारिसे शव फेला

टुडेपाटी-

जनकपुरधाम, वैशाख १७ गते ।

धनुषामा एक पुरुषको वेवारिसे अवस्थामा शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका ७ देवडीहामा अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।

Sponsored

देवडिहाको पुरनी पोखरीतर्फको जमिनमा मृत अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक साइकलमा आएको र घाम छल्न रुखमुनिको छायामा बसेको जस्तो प्रारम्भिक अनुसन्धानले देखाएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीले अनुसन्धान सुरु गरेको भएपनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने प्रवक्ता कार्कीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *