TodayPati

जनकपुरमा राहत लिन गएका ठेला चालकलाई प्रहरीले फोडे कानको जाली

टुडेपाटी-
जनकपुरधाम, वैशाख १७ गते ।

लकडाउनमा स्थानीय सरकारबाट प्रदान गरिरहेको राहत लिन जाँदा जनकपुरमा एक ठेलाचालकलाई प्रहरीले निर्घात कुटपिट गरी कानको जाली फोडेको आरोप लागेको छ । जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर–४ मा वितरण गर्दै आएको राहत लिन पुगेका भारतको विहार निवासी सुजित साहले प्रहरीले आफूमाथि कुटपीट कानको जाली फोडिदिएको आरोप लगाएका हुन् ।

जनकपुरधाममा लामो समयदेखि ठेला चलाएर आफ्नो गुजारा गर्दै आएका साहलाई लकडाउनले समस्या परेकाले उनी पनि राहत सामग्री लिन तिरहुतीय गाछी आइपुगेका थिए । त्यसक्रममा प्रहरीले भिड नियन्त्रण गर्ने क्रममा आफुमाथि एक्कासी आएर लाठी प्रहार गरेको उनले दुखेसो पोखे ।

Sponsored

प्रहरीको लाठी प्रहारबाट आफ्नो टाउको र कानमा चोट लागेर रगताम्य भएको र कानको जाली फुटेर सुन्न सक्ने क्षमता नै गुमेको दुखेसो पोखेका छन् ।
प्रहरीको लाठी चार्जबाट बेहोस भएपछि प्रहरीले नै आफुलाई पाण्डे मेडिकल पु¥याएको उनको भनाइ छ । सामान्य उपचारपछि आफुलाई औषधी दिएर घर पठाएको पीडित साहको भनाइ छ ।
दुई साताअघि धनुषाको गोदारका एक एम्बुलेन्स चालकलाई जनकपुरको मुजेलियामा एक ट्राफिक प्रहरीले कुटपिट गरी बायाँ कानको जाली फोडेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *