मधेश प्रदेश : मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु
टुडेपाटी–
जनकपुरधाम, माघ ६ गते ।
सप्तरीमा मोटरसाईकल आफै दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
गएराति सप्तरीको शम्भुनाथ नगरपालिका १२ डेरा पोखरी स्थित हुलाकी सडक खण्डमा प्रदेश २–०१–००२ प ५०५२ नम्बर मोटरसाईकल दुर्घटना हुँदा बिष्णुपुर गाउँपालिका ७ बिष्णुपुर टोल बस्ने ४७ वर्षीय मात्रिका प्रसाद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाईकल आफै दुर्घटना हुँदा लडेको अवस्थामा यादवलाई तत्काल उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored