TodayPati

जनमतलाई थप एक मन्त्रालय दिन प्रधानमन्त्रीले मागे आइतबारसम्मको समय

टुडेपाटी–
काठमाडौँ, माघ ६ गते ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टी सरकारसँग असन्तुष्ट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारसम्मको समय मागेका छन् ।

उद्योग मन्त्रालयमा सहमति भएपनि खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै जनमत पार्टी सरकारसँग असन्तुष्ट छ ।

Sponsored

सुरुमा विना विभागीय मन्त्री रहेका सो पार्टीका अब्दुल खानलाई माघ ३ गते भएको मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, असन्तुष्टि जनाउँदै खानले अहिलेसम्म पदभार ग्रहण गरेका छैनन् ।

थप एउटा मन्त्रालय दिएमात्र खानपानी मन्त्रालय स्वीकार गर्न सकिने सन्देश जनमत पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दिएको छ ।

जनमतको सन्देशपछि प्रधानमन्त्री प्रचण्डले आफूसँग रहेको वन तथा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमध्ये एउटा जनमतलाई दिने परिस्थिति बन्न सक्ने आश्वासन दिएका छन् ।

Sponsored

बिहिबार साँझ पनि जनमतका अध्यक्ष राउत र प्रधानमन्त्री प्रचण्डबीचमा मन्त्रालयको विषयमा छलफल भएको थियो ।

सो छलफलमा प्रधानमन्त्री प्रचण्डले आइतवारसम्मको लागि समय माग गरेका छन् ।

सरकारमा ल्याउनका लागि लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीको बीचमा कुराकानी भइरहेको र ती पार्टी सरकारमा सहभागी नभए थप एक मन्त्रालय दिने आश्वासन दिएको सो पार्टीका एक नेताले बताए ।

खानेपानी मन्त्रालय मात्रै पाउने परिस्थिति बनेमा सरकारबाट बाहिरिने मनस्थितिमा जनमत छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *