TodayPati

सर्लाहीमा विपन्न परिवारलाई चिसोबाट जोगाउन दाउरा र न्यानो बाँड्दै डा.गुणेश्वर झा

राकेश गुप्ता-
सर्लाही, पुस २६ गते ।

चिसोबाट विपन्न वर्गलाई जोगाउन सर्लाहीको मलंगवा नगरपालिका स्थित स्तुती सौम्य हेल्थ केयरका संचालक डा.गुणेश्वर झा यतिबेला दाउरा वितरण गर्न व्यस्त छन् । झा आफ्नो व्यक्तिगत तवरबाबट दाउरा किनेर सितलहर तथा चिसोबाट प्रभावित विपन्न स्थानीययलाई वितरण गरिरहेका छन् ।

उनले मलंगवा नगरपालिको गणेशिया, कविलासी नगरपालिका वडा नं. ९ र १० सलेमपुरको चौक चौक तथा मुसहर बस्तीमा दाउरा वितरण गरेका हुन् । यति मात्र हैन उनले आर्थिक समस्याले जुधिरहेका विपन्न परिवारमा रहेका अपाङ्गता भएको व्यक्तिहरुलाई न्यानो कम्बल र जुता समेत वितरण गरेका छन् । समाजसेवी शिवनाथ राउत कहारको अनुरोधमा ब्रह्म्पुरी गाउँपालिका वडा नं. ५ मा दुष्टिविहिन र अपाङ्गता भएका व्यक्तिलाई कम्बल र जुता वितरण गरेका हुन् ।
समृद्ध सर्लाही निर्माणका संयोजक समेत रहेका झा बुधवार कविलासी नगरपालिकाको सलेमपुरमा ५० जना विपन्न परिवारमा चिसोबाट जोगाउँन बल्यांकेट वितरण गर्ने जानकारी समेत दिए ।

Sponsored

बालरोग विषेशज्ञ समेत रहेका झा विपन्न परिवारका बालबालिकाहरुको निःशुल्क उपचार समेत गरिरहेको बताउँदै औषधी किन्न पैसा नहुने व्यक्तिलाई आफ्नो व्यक्तिगत खर्चमा औषधी समेत दिने गरेको बताउँछन् ।

गाउँगाउँमा सिंहदरवार आएपनि विपन्न तथा दलित नागरिकको अवस्था बुझ्न कुनै चासो नदेखाएको मानवअधिकारर्मी मुकेश मिश्राले बताए । झा जस्तै समाजसेवीबाट त्यस्ता वर्गलाई सहयोग भइरहेको उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *