TodayPati

मधेशको मुख्यमन्त्रीका लागि जसपा आजै दावी पेश गर्ने तयारीमा

टुडेपाटी–
जनकपुरधाम, पुस २६ गते ।

मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टीको नेतृत्वमा विभिन्न सत्ता साझेदार दलले आजै प्रदेश प्रमुख समक्ष दावी पेश गर्न लागेको हो ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते मध्यान्ह ४ बजेसम्मको समय निर्धारण गरेकोमा जसपाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै आजै दावी पेश गर्ने तयारी गरेका छन् ।

Sponsored

जसपा मधेस प्रदेशका प्रमुख दल नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत केही स्वतन्त्र सांसदको समर्थनमा दावी पेश गर्न लागेको हो । यसका लागि प्रदेशसभामा जसपा विभिन्न दलहरुसँग विभिन्न चरणमा छलफल गरिरहेको छ ।

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक छ । तर वर्तमान गठबन्धनसँग बहुमतभन्दा बढी सांसद रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *