TodayPati

मधेश प्रदेश : चोरीको मोटरसाइकलसहित दुईजना प्रहरीको फन्दामा

टुडेपाटी–
जनकपुरधाम, पुस २५ गते ।

प्रहरीले चोरीको मोटरसाइकलसहित दुईजनालाई सप्तरीबाट पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ बस्ने २० वर्षीय दुर्गेश सरदार र राजबिराज नगरपालिका १० बस्ने ४० वर्षीय शम्भु यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

शनिबार साँझ तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित कुनौली भंसार कार्यालयको अगाडी सोही पालिका वडा नं. १ का मो.हरुनले पार्किङ्ग गरेर राखेको प्र २–०१–००३ प ०१२६ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

सो मोटरसाइकल खोजी गर्ने क्रममा आइतबार तिलाठी कोईलाडी १ स्थित चोरीको मोटरसाइकलमा सवार भएर आइरहेको अवस्थामा दुबैजनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *