TodayPati

मेयर-उपमेयरको विवादले नगराइन नगरपालिका झण्डै डेढ महिनादेखि ठप्प, जेष्ठ नागरिक पनि आन्दोलनमा

चान्दनी झा-
जनकपुरधाम, पुस २६ गते ।

मेयर र उपमेयरबीच आपसी विवादका कारण धनुषा नगराईन नगरपालिका विगत डेढ महिनादेखि बन्द छ । नगरपालिका बन्द हुँदा नगर क्षेत्रका बालबालिकाहरुको पढाइ त पर जाओस् अर्धवार्षिक परीक्षाबाट समेत बञ्चित हुनुपरेको छ। नगरभित्रका ८ हजारभन्दा बढी विद्यार्थीहरु नियमित परीक्षाबाट बञ्चित भएका छन् ।

नगरपालिकाको कामकाज मंसिर १८ गतेदेखि नै पूर्ण रुपमा ठप्प छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रसबाट मेयरमा विनय कुमार यनदव र नेकपा एमालेबाट उपमेयर राधा देवी यादव जितेका थिए । स्थानीयहरुका अनुसार मेयर विमलेन्द्र निधी र उपमेयर जुली महतोको इशारामा चलेको कारण नगरपालिका अनिर्णयको बन्दी बनेको हो । जनप्रतिनिधिको आपसी विवाले महिनौदेखि तलबभत्ता नपाएको भन्दै नगरालिकाका शिक्षक तथा कर्मचारीहरु कामकाज ठप्प गरेर डेढ महिनादेखि आन्दोलनमा छन् । पठनपाठनको माग गर्दै विद्यार्थीहरु समेत केही दिन आन्दोलन गरेका थिए । अब वृद्धवृद्धा समेत आन्दोलनमा उत्रेका छन् । समाजिक सुरक्षा भत्ता पाउनुपर्ने माग गर्दै जेष्ठ नागरिकहरु आइतबारदेखि आन्दोलनमा थालेका छन् ।

Sponsored

आन्दोलन थालेको ३५ दिन भन्दा बढी हुँदा समेत मेयर र उपमेयरले समस्या समाधान गर्न चासो नदिएको स्थानीयको गुनासो छ । कयौं पटक छलफलमा समेत दुबै तर्फ बस्दा समेत कुनै निष्कर्ष निकाल्न नसकेको शिक्षिका निशा मिश्रले बताइन् ।

पालिकामा ५० जना जनप्रतिनिधिहरु छन् । जसमध्ये २७ जना नेकपा एमालेका हुन् । नेकपा एमालेका जनप्रतिनिधिहरुले ५ बुदे माग राख्दै परिषद् बहिष्कार गरेका थिए। नेपाली काँग्रेससँग पनि २३ जना जनप्रतिनिधि छन् । यस्तै, १९ जना कार्यपालिका सदस्यमा १३ जना एमालेका र पाँच जना मात्रै नेपाली काँग्रेसका छन् भने एक जना लोसपा नेपालका छन् । लोसपाका जनप्रतिनिधि काँग्रेसलाई नै सर्मथन गरेका थिए ।

एमालेका जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन सम्बन्धी विगतमा बनाइएको कार्यविधि संशोधन हुनुपर्ने, आय व्यय प्रस्तुत गर्नुपर्ने, पालिकाको प्रवक्ता बहुमतको अधारमा तोक्नु पर्ने, न्यायिक समितिलाई अधिकार सम्पन्न बनाउनु पर्ने र मल खाद्य वितरण उपप्रमुखको नेतृत्वमा हुनुपर्ने माग राखेका छन् ।

Sponsored

विवादले हालसम्म नगर सभा नहुँदा तलब, वृद्ध भत्ता, खोप सञ्चालन जस्ता समस्या उत्पन्न भएको छ । नगर क्षेत्र भित्रका १८ वटा विद्यालयका शिक्षकहरुसहित, स्वास्थ्य सेवाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् । तलब नपाउँदा कर्मचारीहरुले मंसिर १८ गतेदेखि आन्दोलन सुरु गरेका थिए।

स्वास्थ सेवाका कर्मचारीहरु पनि तलब नपाएको भन्दै आन्दोलनमा उत्रिँदा वडा कार्यालय र पालिका मातहतका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाहरु रोकिएका छन्। जसकारण १५ महिना मुनिका बच्चाहरुले पाउनुपर्ने नियमित खोपहरु पनि पाएका छैनन्। खोप कार्यक्रम बिगत २ महिनादेखि बन्द रहेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *