TodayPati

मधेश प्रदेश : कक्षामा प्रथम आउनेलाई साथीले नै गरे अपहरण, चारजना पक्राउ

टुडेपाटी–
वीरगन्ज, पुस २५ गते ।

पर्सामा कक्षामा सधैं प्रथम आउने एक विद्यार्थीलाई उनकै साथीहरूले अपहरण गरेको खुलेको छ । प्रहरीले अपहरणमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार बिहान साढे ५ बजे वीरगन्ज महानगरपालिका–१६ इनर्वाका १६ वर्षीय बालक आफ्नै आँगनबाट अपहरणमा परेका थिए ।

Sponsored

छोरा हराएपछि परिवारले प्रहरीमा उजुरी गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले अपहरित बालकको घरभन्दा करिब ३ सय मिटरको दूरीबाट आइतबार बिहान ८ बजेतिर उद्धार गरेको हो ।

प्रहरी उपरीक्षक कोमल शाहका अनुसार आँगनको धारामा हातमुख धोइरहेका बेला ती बालकसँगै अध्ययन गर्ने चार जना साथीले कम्बलले छोपेर नियन्त्रणमा लिएका थिए ।

मुखमा कपडा कोचेर कराउन नदिई घर छेउको धाराबाट करिब ३ सय मिटर टाढा लगेर दुवै हात पछाडि फर्काएर बाँधेका थिए ।

Sponsored

प्रहरीले खोजतलास गर्ने क्रममा अपहरित बालकलाई मुख र हात बाँधेकै अवस्थामा उद्धार गरेको हो ।

प्रहरी उपरीक्षक शाहका अनुसार कक्षामा सधैं प्रथम भएकाले उनका प्रतिस्पर्धी विद्यार्थीले रिसले अपहरण गरेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *