TodayPati

मधेश प्रदेश : जसपाको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत

टुडेपाटी–
जनकपुरधाम, पुस २५ गते ।

जनता समाजवादी पार्टी मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान सभामुख सरोजकुमार यादव सर्वसम्मत रुपमा चयन भएका छन् ।

सोमबार संसदीय दलको नेताका लागि यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गराएका थिए ।

Sponsored

मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रुपमा चयन भएका हुन् ।

मधेश प्रदेशमा जसपाको १६ जना सांसद छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *