TodayPati

बाह्र वर्षपछि खानेपानी संस्थानको नतिजा सार्वजनिक, जागिरका लागि धनुषाका ४ जनाको नाम सिफारिस

टुडेपाटी–
काठमाडौँ, पुस २५ गते ।

बाह्र वर्षअघि नेपाल खानेपानी संस्थानले पाचौँ तहका लागि गरेको एक विज्ञापनको नतिजा प्रकाशित गरेको छ ।

२०६७ सालमा खुलाइएको विज्ञापनमा परीक्षा दिएका परीक्षार्थीहरूको नतिजा आज सार्वजनिक भएको हो।

Sponsored

विवादका कारण सर्वोच्च अदालतमा रिट परेको सो नतिजाको लागि‍ अदालतले ‘स्टेअर्डर’ गरेको थियो।

दुई वर्षअघि फुकुवा भएपछि सोही बमोजिम संस्थानले २०७९ मंसिर २० गतेदेखि २२ गतेसम्म ३४ जनाको अन्तर्वार्ता लिएको थियो। जसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ।

प्राविधिक सेवा, सिभल समूह तह पाँचतर्फको सब इन्जिनिएर पदको लागि खुलाइएको सो विज्ञापनमा कुल १३ जना कर्मचारी आह्वान गरिएको थियो । जसमा धनुषाका ४ जनाको नाम सिफारिस भएको छ ।

Sponsored

नतिजासहित सो सूचनामा पास भएकाहरूलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा सम्पर्क राख्न भनिएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *