TodayPati

आज विजयादशमी, मान्यजाबाट टीका लगाइँदै

टुडेपाटी-
जनकपुरधाम, असोज २६ गते ।

आज विजयादशमी पर्व धूमधामका साथ मनाइँदै छ। यस अवसरमा मान्यजनबाट टीका र जमरा लगाइने परम्परा कायम छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने लागि ११ बजेर ३६ मिनेटको उत्तम साइत तय गरेको छ।

यस्तो अवस्थामा, ११ बजेर ३६ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनु उपयुक्त नहुने विश्वास छ। यसमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी गराउँदै भने, “टीका र जमरा देवीको प्रसाद हो, र यो जुन समयमा पनि लगाउन सकिन्छ।” उनले थपे, “आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिन सकिन्छ।”

Sponsored

प्रा. डा. गौतमका अनुसार, “यदि साइतमा मिल्छ भने ११ बजेर ३६ मिनेटमा टीका लगाउने, नत्र आफूलाई अनुकूल जुन बेला मिल्छ, त्यहीबेला लगाउने हो।”

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले भने, “सामान्य व्यक्तिले जुनसुकै समयमा टीका लगाए पनि, राज्य संचालकले भने उत्तम साइतमै टीका लगाउनुपर्छ।” उनले थपे, “राज्य संचालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय मान्यता छ, त्यसैले साइत दिइएको हो। साइतमा टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ।”

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *