TodayPati

महोत्तरीमा एक युवतीको शव फेला, हत्याको आशंका

टुडेपाटी-
जनकपुरधाम, असोज २४ गते ।

महोत्तरीमा एक युवतीको शव फेला परेको छ । बर्दिवास नगरपालिका –५ स्थित टुटेश्वर मन्दिर नजिक बुधबार अन्दाजी २१÷२२ बर्षीय युवतीको शव फेला परेको हो ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले हिजो नै शव भेटिएपनि युवतीको पहिचान अझैसम्म खुलेको छैन । शव र घटनास्थलको प्रकृतिले हत्या हुन सक्ने प्रहरीको अनुमान छ ।
युवतीको शनाखतको प्रयास भइरहेको डिएसपी जयसवारले बताए ।

Sponsored

अहिले युवतीको शवलाई पोष्टमार्टमको लागि बर्दिवास अस्पतालमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *