TodayPati

मधेश प्रदेश : झण्डै ५३ लाख रुपैयाँसहित दुईजना प्रहरीको फन्दामा

टुडेपाटी–
जनकपुरधाम, पुस २५ गते ।

सप्तरीबाट झण्डै ५३ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो काठमाण्डौ र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले सप्तरीको बोदेबर्साईन नगरपालिका ९ देउरी बस्ने ३२ वर्षीय रामबिलास साह तेली र वडा नं. ७ बस्ने ५० वर्षीय मायानन्द झालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

आइतबार बिहान करिब साढे ११ बजेको समयमा बोदेबरसाईन ५ बरसाईन बजार स्थित कौशल किशोर यादवको घरमा कोठा भाडा लिई बस्ने मानिसहरुले कोठामा नेपाली रुपैयाको हुण्डी कारोबार गरिरहेको सूचनाको आधारमा सिआईबी र इलाका प्रहरी कार्यालय कडरबोनाबाटखटेको प्रहरीको संयुक्त टोलीले अबैध रकमसहित दुबैजनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

बरामद गरिएको रकमसहित दुबैजनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *