TodayPati

इन्धनको मूल्यसँगै जनकपुरधामदेखि काठमाडौँको हवाई भाडामा २६० ले कमी

टुडेपाटी–
काठमाडौं, पुस २५ गते ।

इन्धनको मूल्यमा सरकारले प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा घटेको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ ।

Sponsored

यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ । यो सँगै अब धनगढीको अधिकतम भाडा १६ हजार १४० रुपैयाँमा झरेको छ ।

यस्तै जनकपुरधामका लागि २६० रुपैयाँ घटेको हो ।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ ।
यस्तै, विराटनगरलाई ४८५, भरतपुरका लागि २१५, पोखराका लागि ३२० कम तिरे पुग्नेछ ।

Sponsored

काठमाडौंबाट राजविराजका लागि ४११ रुपैयाँ भाडा कम भएको छ ।

यो भाडादर २७ पुसबाट लागु हुनेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *