TodayPati

सबैसँग समन्वय गरेर अघि बढ्छु : रितेश महतो

टुडेपाटी-
जनकपुरधाम, पुस २५ गते ।

मधेसी समाज क्यान्वेराका नवनिर्वाचित अध्यक्ष रितेश महतोले सबैसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् ।
अस्ट्रेलियाको राजधानी क्यानवेराका वेलकनेन्स्थित सम्पन्न विस्तारित बैठकबाट मधेसी समाज क्यान्वेराको अध्यक्षमा रितेश महतो निर्वाचित भएपछि यस्तो बताएका हुन् । बैठकबाट महासचिवमा प्रभाकर साह, उपाध्यक्षमा वन्दना सिंह र कोषाध्यक्षमा केशव साह चुनिएका हुन् ।

मधेसी समाज क्यानवेराका तदर्थ समितिका अध्यक्ष सन्तोष देवको अध्यक्षतामा बसेको बैठकले बबिता कुशवाहा, जितेन्द्र सिंह, सन्देश यादव, निराजन यादव, नागेन्द्र यादव अजय यादव, दिपेन्द्र साह, पवन साह सम्मिलित १३ सदस्यीय कार्यसमिति चयन गरेको महासचिव साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *