TodayPati

धनुषाको ५ वटा क्रसर शिल

टुडेपाटी-
जनकपुरधाम, पुस २४ गते ।

धनुषामा मापदण्ड विपरित संचालन ५ वटा क्रसर र बालुवा वासिङ्ग उद्योगलाई कामकाज बन्द गर्ने गरी शिल गरिएको छ । संयुक्त अनुगमन समिति, धनुषाले मिथिला नगरपालिकामा संचालित २ वटा क्रसर उद्योग र ३ वटा बालुवा वासिङ्ग उद्योगमा शिल गरेको हो ।

बर्दिवास नगरपालिका–१, महोत्तरी बस्ने मन्जु क्षेत्रीले धनुषाको मिथिला नगरपालिका–१० मा संचालन गरेको धनेश्वर क्रसर उद्योग र श्रीपुर गाविस–३, महोत्तरी बस्ने विनोद साहले धनुषाको मिथिला नगरपालिका–९ मा संचालन गरेको सुमित क्रसर उद्योगमा शिल गरिएको हो ।
यस्तै सरपल्लो गाविस–४, महोत्तरी बस्ने रामबाबु ठाकुर र धनुषाको बेंगाडावर बस्ने बेचन ठाकुर वरहीले ंसंयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका–१० मा संचालन गरेको जय बजरंग बालुवा प्रशोधन उद्योग, धनुषाको बेंगाडावर–६ बस्ने बिजय शर्माले मिथिला नगरपालिका–३, हरिहरपुरमा संचालन गरेको औरही बाबा बालुवा प्रशोधन उद्योग र धनुषाको जनकपुर–१३ बस्ने शिवजी साह र जनकपुर–२१ बस्ने महादेव साहले संयुक्त रुपमा धनुषाको मिथिला नगरपालिका–३ मा संचालन गरेको जय शिव भोले बालुवा गिट्टी वासिङ्ग उद्योगमा शिल गरिएको अनुगमन टोली संयोजक समेत रहेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।

Sponsored

क्रसर उद्योगहरुले नवीकरण नगराएको, नदीनालाको छेउमै उद्योग संचालन गरेको, मानव वस्तीमा असर पारेको एवं बालुवा वासिङ्ग उद्योगहरुले क्रसर उद्योग सरह बालुवा उत्खन्न लगायतका कार्य गर्ने गरेको, नयाँ मापदण्ड अनुसार प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन पारित नगराएको लगायतका न्युन्तम मापदण्ड समेत पालना नगरेको ठहर गर्दै तत्कालै कामकाज बन्द गर्ने गरी शिल गरिएको अनुगमन टोलीमा सहभागी घरेलु तथा साना उद्योग कार्यालय, धनुषाका जितेन्द्र प्रसाद सिंहले जनाए । आईतवार अनुगमन गरिएको ५ वटै क्रसर तथा बालुवा वासिङ्ग उद्योगहरु मापदण्ड विपरित पाईएको ठहर गर्दै तत्कालै कामकाज बन्द गर्ने गरी शिल गरिएको उनले बताए ।

धनुषामा ११ वटा क्रसर उद्योग र २१ वटा बालुवा वासिङ्ग उद्योग दर्ता भएपनि अधिकांश बालुवा वासिङ्ग उद्योगले नवीकरण नगराएको तथा कुनै पनि क्रसर उद्योगले नवीकरण नगराएको घरेलु तथा साना उद्योग कार्यालय, धनुषाको तथ्यांकले देखाएको छ । गृह मंत्रालयले केही दिन पुर्व ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई मापदण्ड विपरित संचालित क्रसर तथा बालुवा वासिङ्ग उद्योगलाई कारवाही गर्न गरेको पत्राचार अनुसार अनुगमन समितिले धनुषाले सक्रिय भएको बताईएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *