TodayPati

मिडिया एक्सन नेपालद्वारा तीन विधामा प्रेस अवार्ड स्थापना

टुडेपाटी-

जनकपुरधाम । पुस २४ गते ।

नेपालमा संचारमाध्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको मिडिया एक्सन नेपालले विभिन्न तीन विधामा उत्कृष्ट गर्नेलाई कदर गर्ने उदेश्यले प्रेस अवार्ड स्थापना गरेको छ ।
विगत ८ वर्षदेखि अभिव्यक्ति स्वतन्त्रता र सञ्चार विकासको क्षेत्रमा सक्रिय रहेको मिडिया एक्सन नेपालले पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार शिक्षाका क्षेत्रमा काम गर्दै आएका विभिन्न विशिष्ट व्यक्तिहरूको योगदानको कदर गर्दै तीनवटा प्रेस पुरस्कार स्थापना गरेको छ ।

Sponsored

मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्य समेत रहेको मिडिया एक्सन नेपालले पत्रकारिता, मिडिया शिक्षा तथा प्रशिक्षण, सञ्चार विकास र प्रेस अधिकारको संरक्षणका लागि सक्रिय व्यक्तित्वहरूलाई सम्मान गर्न यि पुरस्कारको स्थापना गरेको हो ।
प्रत्येक वर्ष मिडिया एक्सन नेपालको स्थापना दिवस अर्थात् डिसेम्बर २१ का दिन पत्रकारिता, प्रेस स्वतन्त्रता र मिडिया शिक्षा गरि तीन विधामा उत्कृत गर्नेलाई पुस्रकार प्रदान गरिने छ । हरेक विधामा पुरस्कारको रासी २५ हजार रारिखएको छ ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तका अनुसार यी पुरस्कार नेपालमा स्वतन्त्र र जिम्मेवार मिडियाको विकासका लागि प्रोत्साहन स्वरूप प्रदान गरिने छ । ‘स्वतन्त्र पत्रकारितामा धेरै दृश्य र अदृश्य शक्तिहरूबाट आक्रमण भइरहेको छ, अध्यक्ष पन्तले भने, ‘सञ्चारमाध्यमको विश्वसनीयतामा राज्य र समाजका विभिन्न क्षेत्रबाट नियमित रूपमा प्रश्न उठिरहेको अवस्थामा छ । यस्तोमा यी पुरस्कारले शक्तिलाई प्रश्न सोध्न सक्ने, समाजलाई ऐना देखाउन सक्ने र जनताप्रति जवाफदेही रहन सक्ने सशक्त र जिम्मेवार सञ्चार जगत निर्माणमा असाधारण भूमिका निर्वाह गरिरहेका मानिस र तीनको कामलाई प्रकाशमा ल्याउने हाम्रो विश्वास छ ।’

त्यसैगरि, सन् २०२३ मा भने, पुरस्कार प्रदानको पहिलो वर्ष भएकोले, मिडिया एक्सन नेपालले तीनै विधालाई समावेश गरि एकल पुरस्कार प्रदान गर्नेछ । मिडिया एक्सन नेपालले यस वर्षको पुरस्कार वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ । कार्की विगत लामो समयदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै आइरहेका छन् । प्रेस काउन्सिलमा रहँदा र त्यसअघि र पछि पनि उनले नेपालको सञ्चार क्षेत्रलाई सुदृढ पार्न धेरै किसिमले योगदान दिएका छन् । जनवरी १० ( पुस २६ गते) मंगलबार काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा उहाँलाई सम्मान गरिने छ ।

Sponsored

सन् २०१५ मा स्थापना भएदेखि नै मिडिया एक्सन नेपालले राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सहकार्य गरि अनुसन्धान, संवाद, वकालत, प्रकाशन तथा अभिलेखीकरण र पत्रकारहरूको क्षमता अभिवृद्धिमार्फत स्वतन्त्र र जिम्मेवार प्रेस निर्माणमा अग्रगामी भूमिका खेल्दै आएको छ । देशका सातै प्रदेशमा उपस्थिति रहेको यस संस्थाले हालसम्म ५ हजारभन्दा बढी नेपाली पत्रकारहरूसँग काम गरिसकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *