TodayPati

राहदानी वितरणमा आएको समस्या समाधान

टुडेपाटी–
काठमाडौं, पुस २४ गते ।

राहदानी वितरणमा आएको समस्या समाधान भएको राहदानी विभागले जनाएको छ ।

विभागले राहदानी वितरणमा १७ पुसमा देखिएको समस्याको समाधान भइसकेको एक सूचना जारी गर्दै जनाएको छ ।

Sponsored

आइतबार विभागले सूचना निकालेर राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न भनेको छ ।

विभागले प्रधानमनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन विभागले आवश्यक प्रक्रिया अघि बढाउने पनि स्पष्ट पारेको छ ।

प्रधानमन्त्री प्रचण्डले विभागीय प्रमुख तथा सरकारकार सचिवहरुलाई निर्देशन दिँदै एक महिना भित्र सेवाग्राहीले लाइनमा बस्नु पर्ने र झन्झट व्यहोर्नु पर्ने समस्या सधैंका लागि अन्त्य गर्ने निर्देशन दिएका थिए ।

Sponsored

सोही दिन विभागले प्राविधिक समस्या आएको भन्दै अनिश्चितकालका लागि सेवा बन्द गरेको सूचना निकालेको थियो ।

सर्भरमा देखिएको समस्या समाधानका लागि सफ्टवेयर बनाउने अन्तर्राष्ट्रिय कम्पनीबाट समेत प्राविधिक नेपाल आएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *