TodayPati

भारतमा छात्रवृत्ति मिलाइदिन्छु भनेर लाखौँ ठगी गर्ने सिरहाका एकजना पक्राउ

टुडेपाटी–
काठमाडौं, पुस २४ गते ।

इन्जिनियरिङ पढाइका लागि भारतमा छात्रवृत्ति मिलाइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तोष मण्डल रहेका छन् ।

Sponsored

आफुलाई इन्डो ग्लोबल कन्सल्टेन्सीको सञ्चालक बताउने मण्डलले भारतको दिल्ली टेक्नोलोजिकल युनिभर्सिटीमा भर्ना गराइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न पाइने भन्दै मण्डलले पीडितबाट पटक पटक गरी ८ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका थिए ।

पुस २२ गते मीनभवनबाट पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *